मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

सञ्चारमाध्यममाथि ओलीको आक्रोश : ‘हामी तिमीवाला भयौँ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुको सम्पादकीय नीतिको आलोचना गरेका छन् । ओलीले सञ्चारमाध्यमहरुले ‘तिमी’ भनेर गरेको सम्बोधनको

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः विकास अर्याल, मकालु खबर|

आलोचना गरेका हुन् । आफ्नो मुल्य, मान्यता र प्रचलनलाई बिर्सेको औंल्याउँदै ओलीले नेपाली सञ्चारमाध्यमहरु ‘यू’ वाला भएको बताए ।

बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले खासगरी सञ्चारमाध्यमको ‘तिमी’ जोडिएको सम्पादकीय नीतिको आलोचना गरेका हुन् । हरेक देशलाई त्यहाँको रहनसहनदेखि सांस्कृतिक मुल्य मान्यताहरुले बाँधेको बताएका ओलीले भनेका छन्, ‘हरेक देशलाई आ–आफ्नो मुल्य, मान्यता र प्रचलनले बाँधेको हुन्छ । हामी तपाईँ बिर्सेर तिमीतिर लाग्यौँ । हामी हजुरबुबा, हजुरमाआ, काका, मामालाई पनि तिमी नै भन्छौँ । आफूभन्दा ठूला र अग्रजलाई सम्मान गर्नैपर्छ ।’

संवैधानिक इजलासद्वारा संसद् विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना माग
सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेको राजपत्रमा प्रकाशित सूचना माग गरेका हुन् ।

अधिवक्ताद्वय ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद् विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूलाई थाहा नभएको बताएका थिए । त्यसपछि प्रधानन्यायाधीशले सूचना माग गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेको दर्जन बढी रिटउपर गत आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ ।

उखु किसानले गरे पुनः आन्दोलनको घोषणा

उखु किसान संघर्ष समितिले सरकारसँग भएको सम्झौता अनुसार २१ दिनभित्र किसानको बाँकी बक्यौता रकम भुक्तानी नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ ।

बिहीवार समितिले विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको जनाएको छ ।

विज्ञप्तिमा किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खातामार्फत भुक्तानी गरिसके

|आन्दोलनरत उखु किसान। तस्वीरः धनबल राई, मकालु खबर|

को विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने भनिएको छ ।

विज्ञप्ति अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने आन्दोलनको कार्यक्रम तय भएको छ । त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने समितिले जनाएको छ ।

तेजावपीडित दुई महिलालाई नेपाल आयल निगममा जागिर
नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ ।

तेजाव आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको

आक्रान्त अवस्थामा उनीहरु निगमको सम्पर्कमा आएकी थिइन्।

उनीहरु दुवै जनाले कमजोर आर्थिक र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्य गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमित औषधिको जोहो गर्न कठिनाइ भएको व्यहोरा खुलाइ आफ्नो योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गरेकी थिइन् ।

कोरोनाबाट थप ४ जनाको मृत्यु, ३३६ जनामा संक्रमण

सांकेतिक तस्वीर। मकालु खबर।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । बिहीबार थप ३३६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै क्वारेन्टिनमा १७२ जना छन् भने संक्रिय संक्रमित संख्या ३ हजार ७९९ रहेको छ । कुल संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘कोरोना सँगसँगै ओली भाइरसविरुद्ध पनि लड्नु छ’

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले कोभिड १९ विरूद्धको खोप अनुदानमा ल्याएकोबारे टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएकोमा टिप्पणी गरेका हुन् ।

भट्टराईले बिहान ट्वीट गर्दै डेढ प्रतिश

|डा. बाबुराम भट्टराई। फाइल फोटो|

त जनतालाई पुग्ने खोप त ल्यायो, बाँकी जनतालाई कहिले खोप दिने भन्ने पनि प्रश्न गरे । ‘मागेको धोतीले मेरो लाज छोपिन्न‘’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! अहिले कोरोना महामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे । बॉकीलाई कहिलेसम्म होला ? कता हात थाप्ने होला ?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै भनेका छन्-‘फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ ।’

नेप्सेमा ३१ अंकको उछाल, परिसूचक २४ सय नजिक
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा ३१ अंकको उछाल आएको छ । मंगलबार ५ अंकले घटेर बुधबार १५ अंकले सुधार भएको धितोपत्र बजार नेप्से परिसूचक बिहीबार भने ३१ अंकले बढेको हो । बिहीबार सेयर परिसूचक २३७४ अंकमा पुगेको छ । कारोबार रकम र कारोबार सेयर संख्या दुबै बढेको छ ।

बुधबार ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय २३ रुपैयाँमा १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच भएको छ । २ सय ९ कम्पनीको उक्त शेयर ६९ हजार ३ सय ३३ ओटा कारोबारमार्फत किनबेच भएको हो । बिहीबारको बजारमा बैकिङ र म्युचुअल फण्डका समूहगत सूचकबाहेक सबै समूहका सूचक हरियो भएका छन् ।

बिहीबारको कारोबारमा निर्जीवन बीमा समूहको सूचक ५४० अंकले बढेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक ४४३ अंकले बढेको छ । कारोबार रकमका आधारमा पनि धेरै कमाउने कम्पनीहरुमा बीमा समूहकै रहेका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गगनको अपील- ‘संविधान रक्षाको पक्षमा जुटौँ–उठौँ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले लोकतान्त्रिक संविधान रक्षामा लागि सरकारको कदमविरुद्ध एकजुट हुन अपील गरेका छन् । उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटै वडावासीलाई संसद विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न आग्रह गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत नेता थापाले पनि आफ्नो निर्वाचन क्षेत्रमा सबै वडावासीलाई विरोधको लागि अपील गरेका हुन् ।

दिल्लीद्वारा सन्दीप फुकुवा, अन्य टोलीबाट आइपिएल खेल्न पाउने
आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।

आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सा

र्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ ।

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उहाँले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए ।

दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए। तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

कोभिडविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युटमा आगलागी
कोभिड १९ विरूद्धको खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा आगलागी भएको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाको चौँथो र पाँचौँ फ्लोरमा आगलागी भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । पानी लिएर १० वटा दमकल पुगिसकेका छन् । धुवाँ चारैतिर फैलिएको छ भने भवन पुरै खाली गरिएको त्यहाँका प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार त्यहाँभित्र फसेका चारमध्ये तीन जनालाई बाहिर निकालिसकिएको छ । आगलागीको कारण खुल्न बाँकी छ ।

भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन कोविशिल्ड विकास गर्दैछ । भ्याक्सिन बनाउने यो विश्वकै ठुलो कम्पनी हो । भारत मात्र होइन, अन्य धेरै देशहरू पनि खोपका लागि यस कम्पनीमा निर्भर छन् ।

प्रतिक्रिया