अहिले ओली प्रतिगमन प्रमुख खतरा हो : बाबुराम भट्टराई

काठमाडौँ । जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तृत हुँदै आएका डा. भट्टराईले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको स्पष्ट पारे । ‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो । कुनै किन्तु परन्तु नगरौं ।’
उनले यस्तो बेलाको तटस्थताले बेठीक, असत्य र अन्यायलाई मदत गर्ने टिप्पणी गरे । ‘ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरु र गहिरो ज्ञान नभएका सर्वसाधारणहरु प्रायस् तटस्थ बस्छन्, उनी अगाडि भन्छन्- ‘यस्तो बेला तटस्थताले बेठीक-असत्य-अन्यायलाई मद्धत गर्छ । अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छस अरु सहायक हुन्छन् ।’
पछिल्लो समय सडक संघर्षमा होमिएपनि संसद पुनस्र्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो ।
ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बस्छन्।यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई मदत गर्छ।अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ;अरू सहायक हुन्छन्।अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं!
— Baburam Bhattarai (@brb1954) January 20, 2021








