कोरोना संक्रमण : ३१९ नेपालीले विदेशमा ज्यान गुमाए
मकालु खबर
२०७७ माघ ४ गते
काठमाडौं । कोरोना भाइरसबाट हुने कोभिड–१९ को संक्रमणबाट विश्वका विभिन्न २० देशमा ३१९ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो एक सातामा संक्रमणबाट थप २ जना नेपालीको ज्यान गएपछि विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३१९ पुगेको हो ।
यो हप्ता बेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनएको छ । विदेशमा रहेर संक्रमित बनेका ९५ प्रतिशत नेपालीले कोरोना जितेका छन् ।
शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने तीमध्ये ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका संघका स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले जनाकारी दिए ।
मकालु खबर
२०७७ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित