प्रधानमन्त्री निवासमा योगाभ्यास [तस्वीरहरु]
२०७७ माघ १ गते
![प्रधानमन्त्री निवासमा योगाभ्यास [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/MakaluKhabar_KpSharmOli_Photos-9.jpg)
फाेटाे फाइल
काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भव्य रुपमा योग दिवस मनाइएको छ । राष्ट्रिय योग दिवसका अवसरमा त्यहाँ बिहीबार योगाभ्यास कार्यक्रम आयोजना गरिएको हो ।
दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी छन् ।
नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । दिवसको पूर्वसन्ध्यामा ओलीले एक सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको महत्व र सान्दर्भिकता बढेको बताएका थिए ।

|योगाभ्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अन्य अधिकारीहरु। तस्वीरः प्रधानमन्त्री सचिवालय|
२०७७ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








