नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा
२०७७ पुस २९ गते

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो।
एसएसपीमा बढुवा हुनेमा एसपी कृष्णकुमार महत, गोबिन्दकुमार साह, सिरहामा कार्यरत उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डे, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईँटेल र मोहनप्रसाद पोख्रेल छन् ।
लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन्। ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह दास्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।
बढुवा सूची :

२०७७ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








