माधव नेपाल एउटा असल कार्यकर्ता भएर प्रचण्ड गुटमा गए : ओली
२०७७ पुस १५ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता एवम् नेपाल-दाहाल पक्षका अध्यक्ष माधव कुमार नेपाल एक असल कार्यकर्ता भएर पुष्पकमल दाहाल प्रचण्डकाे गुटमा गएकाे टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । उनले भनेका छन् – ‘पार्टीकाे वरिष्ठ नेता माधवजी एउटा असल कार्यकर्ता भएर प्रचण्डजीकाे गुटमा जानुभयाे । कमिलालाई काल आयो भने पखेटा पलाउँछ भनेकाे यही हाे ।’
यस्तै प्रम ओलीले आफूलाई निष्काशन गर्न लागेको कुरा समेत सभामा कोट्याए । उनले भने, ‘कोही साथीहरु किन उत्ताउलिएका हुन् मलाई थाहा छैन । साथीहरुले मलाई प्रचण्डले निष्कासन गर्ने रे भन्नुभएकाे थियाे । मलाई उहाँले दिएको सदस्यता हो र ? निष्कासन गर्न । अब चुनाव हुन्छ ।’
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








