प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेस नै भरिएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगकाे सम्झाैताले आफ्नो ब्रिफकेस भरिएको बताएका छन् । बुधबार बानेश्वरमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भेलामा उनले भनेका छन् – ‘प्रचण्डजीसँग कति सम्झौता गर्नु ? उहाँसँगको सम्झौताले मेरो एउटा ब्रिफकेस भरिएको छ ।’

बानेश्वरको भेला अहिले पनि जारी छ । भेलाअघि ओलीपक्षका कार्यकर्ताहरूले नेपाल-दाहाल समूहविरुद्ध नाराबाजी गरेका थिए । अहिले भेलामा ओली पक्षका नेता, कार्यकर्ता एवम् मन्त्रीहरूले बाेल्ने क्रम जारी छ ।

पुस ५ गते प्रम ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजित छ । दुवैले छुट्टाछुट्टै भेला आयोजना गरिरहेका छन् । साथै ओलीविरूद्ध दिनहुँजसाे प्रदर्शन समेत भइरहेकाे छ ।

प्रतिक्रिया