‘घर छोडेर जानेले घर पाउँदैन, अर्को बनाउनुपर्छ’
२०७७ पुस ८ गते

|नेकपा नेता सुरेन्द्र पाण्डे। तस्वीरः|
काठमाडौं । नेकपा नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै घर छोडेर जानेले घर नपाउने बताएका छन् ।
बुधबार आफू आधिकारिक भएको प्रमाणसहित निर्वाचन आयोग पुगेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता पाण्डेले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगबाट निस्किएका नेता पाण्डेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भनेका छन्, ‘घर छाडेर जानेले घर पाउँदैन । उसले अर्कै घर बनाउनुपर्छ ।’ यस्तै नेता पाण्डेले आफूहरु आधिकारिक भएको जिकिरसमेत गरे । ‘हामी बहुमत सदस्य यतै छौँ । त्यस हिसाबले हामी वैधानिक हौं ।’
आफूहरुले २ सय ८७ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पत्र बुझाएको बताउँदै नेता पाण्डेले भनेका छन्, ‘नेकपाकै विधानमै पनि बहुमत ठूलो हो ।’
–दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर
२०७७ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








