दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं । असन्तुष्ट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २ सय ८७ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोली निर्वाचन आयोग पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएकोलगायतका निर्णयसहितको हस्ताक्षर बुझाएको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । तीन जना भने उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।

यता ओलीले भने केन्द्रीय कमिटीको बैठकबाट ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी १ हजार १ सय ९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको छ ।

प्रतिक्रिया