प्रचण्डको गृह जिल्ला चितवनमा ओलीको समर्थनमा प्रदर्शन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा आज मंगलबार अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।

ओलीका समर्थकहरुले भरतपुरस्थित चौविसकोठीमा साँझ दीपावली गरेसंगै प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओली जिन्दावाद, नेकपा जिन्दावाद, भोट के मा सूर्यमा, जबज जिन्दावाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दीपावलीको सुरुवात गर्दै नेकपाका युवा नेता कमलराज पाठकले देशलाई समृद्ध बनाउन ओलीले पार्टी एकता गरेको भन्दै छोटो समयमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले देश र जनताको भन्दा पदको लोभका कारण नेकपा जटिल मोडमा पुगेको बताए ।

यस अघि हिजो सोमबार पनि नेकपा अध्यक्ष ओलिले चालेको कदमको स्वागत गर्दै जिल्लाकै खैरहनिमा पनि दिप प्रज्वलन गरिएको थियो भने सोमबारनै प्रचण्ड माधव नेपाल समुहले ओलिको कदमको बिरोधमा कोण सभा गरेको थियो ।

प्रतिक्रिया