नारायणकाजी भन्छन्- गुटले पार्टी प्रवक्ता हटाउनुको कुनै अर्थ छैन

काठमाडाैं । सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गुटले पार्टी प्रवक्ता हटाउनुको कुनै अर्थ नभएकाे भन्दै आफू नै पार्टीको आधिकारिक प्रवक्ता भएको बताएका छन् ।
मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा आयोजित प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा उनले यस्ताे धारणा राखेका हुन् । ‘पार्टी केन्द्रीय समितिको बैठक त यहाँ बस्दै छ । कुनै गुटले पार्टी प्रवक्ता हटाउनुको के अर्थ रह्यो र ?’- उनले भनेका छन् ।
यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय समिति बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेकाे थियाे । श्रेष्ठकाे ठाउँमा प्रदीप कुमार ज्ञवालीलाई नियुक्त गरिसकिएकाे छ ।
यस्तै प्रचण्ड-नेपाल पक्षकाे जारी केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव कुमार नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।









