अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडाैं । अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा मंगलबार खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

मन्त्री खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया