आर्सनललाई हराउदै एभर्टन दोस्रो स्थानमा, म्यानचेस्टर सिटीको पनि जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा यारी मिनाले एक गोल गरेका थिए भने एक गोल आर्सनलका रोब होल्डीङले आत्मघाती गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल निकोलस पेपेले पेनाल्टीमार्फत गरेका थिए ।

यो जितपछि आर्सनल १४ खेलमा २६ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने १४ खेलमा १४ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।यस्तै लिग अन्तर्गत नै शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा रहिम स्टरलिङले खेलको १६औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।

यो जितपछि सिटीको १३ खेलमा २३ अंक हासिल गरेको छ भने लिगमा पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै साउथहम्पटनको १४ खेलमा २४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया