आज यो वर्षकै बढी चिसो दिन, काठमाडौंको तापक्रम २.३ डिग्रीमा झर्याे
२०७७ पुस २ गते

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको हो ।
मौसमविद् मञ्जु बासीका अनुसार बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ, यो वर्षकै न्यून तापक्रम हो । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने उनले जानकारी दिइन् ।
दिउँसो मौसम सफा रहनेछ । तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०७७ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित









