महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत
२०७७ पुस १ गते

काठमाडौं । महालक्ष्मी विकास बैंकले लघु, घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।
कोभिड १९ का कारण पेशा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधिअन्र्तगत आवश्यक प्रबन्ध गरी उक्त सहुलियत प्रदान गरेको हो ।
यसरी पुनर कर्जा सुबिधाका लागि कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न वर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रक विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदानगरिरहेको महालक्ष्मी विकास बैंकका ग्राहक संख्या ५ लाखभन्दा बढी छन् ।
२०७७ पुस १ गते
प्रतिक्रिया








