एनआईबिएलको निःशुल्क डिम्याट खाता र मेरो शेयर दर्ता सुरु
२०७७ पुस १ गते

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मितिबाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिनेछ ।
यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
२०७७ पुस १ गते
प्रतिक्रिया








