गोरखामा बस दुर्घटनाः दुई दर्जनभन्दा बढी घाइते, पाँचको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंबाट गोरखा बजार हुँदै सोती जाँदै गरेको बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । ग १ ख ९४४६ नम्बरको रात्रि बस भीमसेन थापा गाउँपालिका ३ मा दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । उनका अनुसार गम्भीर तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने दुई जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको स्थानीयले बताएका छन् । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनापछि फरार रहेको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया