रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा पत्रकारलाई प्रवेश निषेध, धाधली हुने आशंका

चितवन । २९ मंसिर रत्ननगर उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा पत्रकारलाई निषेध गरिएको छ ।

निर्वाचनको समाचार संकलनको लागि गएका पत्रकारलाई निर्वाचन स्थलमा प्रवेश गर्न रोकिएको छ । यस बिषयमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसँग बुझ्दा निर्वाचन अधिकृतले रोकेको बताए ।

निर्वाचन क्षेत्रभित्र सबै अधिकार निर्वाचन अधिकृतलाई दिएको बताए । उम्मेदवारी दर्ताको बेला समेत वर्तमान कोषाध्यक्षको हस्ताक्षर नै किर्ते भएको बिषय बाहिर आइरहेको बेला निर्वाचन स्थलभित्र पत्रकारलाई प्रवेशमा रोक लगाउनुले निर्वाचन स्वच्छ र पारदर्शी हुनेमा शंका उब्जाएको छ ।

नेपाल वार एसोसिएसन चितवनको अध्यक्ष समेत रहेका निर्वाचन अधिकृत रामकृष्ण अधिकारीको आदेशमा पत्रकारलाई प्रवेश निषेध गरिएको हो । संविधान सभा, प्रतिनिधिसभा, स्थानीय तहको निर्वाचन लगायतमा समेत सहज रुपमा प्रवेश गरेर समाचार संकलन गर्ने पत्रकारलाई उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया