शुक्रबार थप १०४४ जनामा काेराेना पुष्टि, मृतक संख्या १६७४ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४ काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) थप १ हजार २७१ जना निकाे भएका छन् । आज थप ११ जनाकाे मृत्यु भएसँगै मृतक संख्या १ हजार ६७४ पुगेकाे छ ।

यस्तै आज ५१९ जना क्वारेन्टिनमा छन् भने सक्रिय संक्रमित संख्या १२ हजार १४८ रहेकाे छ ।

पछिल्लाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ३२ हजार ८७२ जना निकाे भइसकेका छन् ।

प्रतिक्रिया