लिंग-आधारित हिंसा २०२० विरूद्ध १६ दिने अभियान सम्पन्न

काठमाडौं । लिंग-आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियता मनाउँदै (२५ नोभेम्बर देखि १० डिसेम्बरसम्म) जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान आयोजना गरेको थियो । उक्त अभियान आज सफलतापूर्वक सम्पन्न भएको छ ।

यस अभियानका लागि जोन्टा क्लब काठमाडौंले नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्रीज (एफएनसीसीआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) र पौराखी नेपाल, कुमारी बैंक लिमिटेड र रोयल थाई दूतावास नेपालसंग सहकार्य गरेको थियो ।

“अरेन्ज द वल्र्डः फन्ड, रेस्पोन्ड, प्रिभेन्ट र कन्ट्रोल” “हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्वः एक अधिकार र एक दायित्व”, नारासंग यस अभियानले काम गर्न सुरक्षित र सुव्यवस्थित वातावरणको आवश्यकता, पिडित महिलाहरूसम्म पुग्ने तरिकाहरु र पिडितहरुको आवाज सुन्नका लागि रिपोर्टिंग प्रणालीलाई सजिलो बनाउनु पर्ने कुराहरुमा प्रकाश पारेको थियो ।

अभियानको उद्घाटन नेपाल सरकारको महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लीलानाथ श्रेष्ठको उपस्थितिमा भएको थियो । अभियानकोक्रममा जोन्टा क्लब काठमाडौंले तीन भर्चुअल प्यानल छलफल आयोजना ग¥यो, जहाँ विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले जीबीभी, मनोवैज्ञानिक र आर्थिक प्रभावहरू विरूद्ध जागरणको आवश्यकता र महत्व प्रकाश पारे र विशेष गरी विश्वमा हिंसा र उत्पीडनको बढ्दो घटनाहरूको समाधान खोज्न आवश्यक रहेको बताए ।

एचआर प्रोफेशनलहरूका लागि भर्चुअल प्रशिक्षण पनि आयोजित गरिएको थियो जसको उद्देश्य उनीहरूलाई कार्यस्थलमा नीति बनाउने र कार्यान्वयन गर्ने आवश्यकतालाई बुझ्न र यसलाई सुरक्षित र हिंसा र उत्पीडनबाट मुक्त बनाउनको लागि मद्दत पु¥याउने रहेको थियो ।

भर्चुअल कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिहरू सहभागी भएका थिए । फेसबुक लाइभ ८ हजार भन्दा बढिले हेरेका थिए । अभियानमा ठूलो संख्यामा दर्शकहरूको सहभागिता रह्यो, र राम्रो सफलता पायो । अभियानको एक हिस्साकारूपमा कार्यस्थलमा हुने हिंसा र उत्पीडन अन्त्यका लागि सचेतनाका स्टिकरहरू निर्माण र वितरण गरियोः सुरक्षित आप्रवासनको आवश्यकतामा केन्द्रित महिला आप्रवासी कामदारहरूलाई लक्षित गर्दै रेडियो कार्यक्रम र जिङ्गलहरू पनि बजाइयो ।

यस बाहेक, मिडिया व्यक्तित्व, माल्भिका सुब्बाले आधिकारिक फेसबुक पेजमा “महिला प्रवासी मजदूर जीवन रक्षा र सफलता डायरी” शीर्षकमा प्रवासी महिलाहरुसँग उनीहरुको संर्घष र सफलताहरूका बारेमा चारवटा विभिन्न सत्रहरू आयोजना गरिन् ।
व्यापक जागरूकताका लागि कार्यस्थल उत्पीडन अन्त्यका सन्देशहरू युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा डिसेम्बर १०, २०२० मा पनि प्रदर्शन गरिएको थियो ।

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भनिन्, “जोन्टा क्लब काठमाडौं लिंग—आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियताको सम्पन्न गर्न पाउँदा निकै खुसी छौं, जसको उद्देश्य जागरूकता जगाउन र महिलाहरुका लागि कार्यस्थलमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न प्रभाव पार्नु थियो । यस अभियानलाई सफल बनाउन सहकार्य र समर्थनका लागि सम्मानित साझेदार संगठनहरूप्रति आभारी छौं । दुबै औपचारिक र अनौपचारिक क्षेत्रमा महिला श्रमिकहरूले भोगेका हिंसा र असुरक्षाको बारेमा जनचेतना जगाउनुका साथै अधिकार र प्रावधान तथा उपलब्ध समर्थन संयन्त्रका बारे सबैलाई जानकारी गराउनु महत्वपूर्ण छ ।’

प्रतिक्रिया