‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरिने

काठमाडाैं । नेपाल स्टारको दोश्रो ठुलो स्पोन्सर व्राण्ड वृज सिमेन्टले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गर्ने भएकाे छ ।

‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घाेषित भएकालाई दश हजारका दरले नगद र ट्रफी प्रदान गरिने बुधबार आयोजित एक औपचारिक कार्यक्रममा वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का प्रaन्ध निर्देशक मनोज कुमार केडियाले जानकारी दिए ।

उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक नेपालकै वरिष्ठ संगीतकार आलोकश्री, वरिष्ठ गायक रामकृष्ण ढकाल एवम् वरिष्ठ गायिका अन्जु पन्तको उपस्थिति रहको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवम् कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल समेतको उपस्थिति रहेको थियो ।

नेपाल स्टार फागुन २४ गतेदेखि नेपाल टेलिभिजनबाट प्रशारण शुरु भएको हो । नेपाल स्टारकाे यो पहिलो सिजन हो ।

पुरस्कार घोषण गर्दै कम्पनीका प्रबन्ध निर्देशक केडियाले भने, ‘वृज सिमेन्ट जहिलेपनि देशका हरेक विधाका उर्जाहरुलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको छ । वृज सिमेन्ट नेपाली कला, संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि बढ्न तयार छ ।’

प्रतिक्रिया