मंगलबार थप २३ कोरोना संक्रमितको मृत्यु, १,३८२ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे अपडेट अनुसार आज (मंगलबार) देशभर १ हजार ३८२ जना संक्रमित थपिएका छन् भने थप १ हजार ६२१ जना निकाे भएका छन् । क्वारेन्टिनमा ५२३ जना छन् भने सक्रिय संक्रमित संख्या १२ हजार ६८६ रहेकाे मन्त्रालयले जनाएकाे छ ।

आजकाे अपडेसँगै देशभर काेराेना संक्रमितकाे संख्या २ लाख ४३ हजार ३७७ पुगेकाे छ । संक्रमितमध्ये २ लाख २९ हजार ५४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ६३७ पुगेकाे छ ।

प्रतिक्रिया