अन्ततः रामचन्द्र पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन

काठमाडौं । अन्ततः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले तनहुँ व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । नेता पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका त्यहाँ पुगेका हुन् ।

हिजो जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तत्पश्चात् बलपूर्वक जान खोजेका पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छाडिएको थियो ।

तर, आज भने पुल उद्घाटनमा प्रशासनले अवरोध गरेको थिएन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया