घुससहित सवइन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जाका एक असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् ।

पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउतलाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

भूकम्प पुनःनिर्माणको घर बनाउन आएको रकम निकासाबापत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया