बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको फराकिलो अग्रता, निर्वाचन जित्ने संभावना कति ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल अगाडी देखिएका छन् । चार सय मत गणना हुँदा आफ्ना प्रत्यासी उम्मेद्वार किशोर प्रधानलाई भारी मतले पछि पार्दै ढकाल अगाडी देखिएका हुन् ।
मतगणनाको पछिल्लो जानकारी अनुसार चार सय मत गणना हुँदा चन्द्र प्रसाद ढकालले २४१ मत प्राप्त गरेका छन् । उनका एकमात्र प्रतिष्पर्धी उम्मेद्वार किशोर प्रधानले १५९ मत मात्र प्राप्त गरेका छन् ।
यसअघि १२ मतको परिणाममा किशोर प्रधानले लीड गरेपनि पछिल्लो परिणाममा ढकालले आफ्नो अग्रता ह्वात्तै बढाएका छन् ।
ढकाल प्रत्येक १०० मत गणनामा किशोर प्रधान भन्दा अगाडी देखिएकाले निर्वाचनको माहौल उनीतिरै गएको देखिन्छ । यद्यपि, मतगणनाको अन्तिम परिणाम नआएसम्म केही भन्न सकिन्न ।
महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाईले प्रधान प्यानलका शौरभ ज्योतिलाई पराजित गर्दै जित दर्ता गराई सकेका छन् । वस्तुगत र जिल्ला नगर तर्फभने किशोर प्रधानका उम्मेद्वार विजयी भएका छन् ।