१० दिनपछि पुनः बस्नेगरी सचिवालय बैठक सम्पन्न : सूर्य थापा
२०७७ मंसिर ३ गते

|यसअघि बालुवाटारमा बसेको सचिवालय बैठक। तस्वीरः प्रधानमन्त्री कार्यालय|
काठमाडौं । १० दिनपछि पुनः बस्नेगरी आज बसेको नेकपा सचिवालय बैठक टुङ्गिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार १० दिनपछि पुनः बस्नेगरी आजको बैठक टुङ्गिएको हो ।
लामो रस्साकस्सीपछि सचिवालय बैठक बसेको थियो । यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
२०७७ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








