नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्दैछ : नारायणकाजी श्रेष्ठ
मकालु खबर
२०७७ मंसिर ३ गते
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (आज) दिउँसो १ बजे बस्ने भएको छ ।
सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
प्रवक्ता श्रेष्ठले आफ्नो आधिकारिक ट्वीटर् ह्याण्डलमार्फत् दिएका जानकारीमा भनेका छन्–‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ ।’
यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले आज ३ बजेको लागि बस्ने गरी टुङ्ग्याएको थियो ।
मकालु खबर
२०७७ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित