‘प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाही गर्ने रे !’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलाई गरिने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् । पूर्वमन्त्री बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेकोतर्फ संकेत गर्दै प्रतिक्षामा रहेको बताएका हुन् ।
ओलीका विश्वाशिला पात्रका रुपमा चिनिएको बाँस्कोटाले सामाजिक सञ्चालमार्फत व्यंग्यात्मक शैलीमा कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताए । नेकपाको शीर्ष नेतृत्वमा बढ्दै गएको विवादले पार्टी फुटको संघारमा पुगेको बेला बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको उल्लेख गर्दै भनेका छन्- ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’
जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 10, 2020








