भरतपुरका ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक २५ गते

फाइल फोटो
चितवन । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।
निमोनिया, सुगर र प्रेसर सम्बन्धी बिरामी भएका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा २२ गते कोरोना रिपोट पोजिटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दै गर्दा राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
२०७७ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित









