चितवनमा ४९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
२०७७ कार्तिक २३ गते

प्रतिकात्मक तस्विर
चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ का ४९ वर्षीय पुरुषको आइतबार अपरान्ह ४:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भै अस्पताल भर्ना भएका उनीमा कार्तिक १६ गते कोरोना पुष्टी भएको थियो । कात्तिक २० गतेदेखि आईसीयूमा राखेर उपचारका सबै उपायहरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले सूचनामार्फत् जनाएको छ ।
२०७७ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित









