चितवन बारको अध्यक्षमा पिएलएका अधिकारी निर्वाचित

भरतपुर । नेपाल बार एशोसिएसन चितवनको अध्यक्षमा प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी संगठन (पिएलए) का रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । बारको कार्यसमितिको उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षद सदस्य बाहेक सवै पदमा पिएलएका उम्मेदवारले जितेका हुन ।

शुक्रबार भएको मतदानमा १९० मत खसेको थियो । कुल १९८ मतदाता थिए । कुल खसेको मत मध्य पिएलए तर्फका निर्वाचित अध्यक्ष अधिकारीले १०७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी डिएलएका हरिहर पोखरेलले ८० मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित भए । उपाध्यक्षमा पराजित भएका पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गरे । सचिवमा पिएलएका विनोद मिश्र ९९ मत, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८, सहसचिवमा शोभा भट्टराई १०६ मतले निर्वाचित भए ।

सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया