थप ३,३०९ जनामा संक्रमण पुष्टि, ३० जनाकाे मृत्यु
२०७७ कार्तिक १९ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ८४४ जना डिस्चार्ज भएका छन् । यस्तै बुधबार थप ३० जनाकाे मृत्यु भएकाे उनले पुष्टि गरे ।
आजको थप अपडेटसँगै देशभर काेराेना संक्रमितकाे संख्या १ लाख ८२ हजार ९२३ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना डिस्चार्ज भइसकेका छन् । मृतक संख्या आजसम्म एक हजार ३४ पुगेकाे छ ।
यस्तै ३६ हजार ९११ सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा १ हजार ३०५ रहेका छन् ।
२०७७ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित









