चितवनमा ३९ वर्षीया संक्रमित महिलाको मृत्यु

चितवन । जिल्लामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

कार्तिक १५ गते श्वासप्रश्वाशमा समस्या भएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा १७ गते कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोही दिननै कोभिड आइसियुमा राखी थप उपचार सुरु गरिएको थियो ।

उपचारका सबै उपायहरु गर्दागर्दै बिहान ६ः५० बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

प्रतिक्रिया