मकवानपुरः ४६ नमुना परीक्षण गर्दा २७ जनामा देखियो कोरोना

चितवन । मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड-१९ स्वाब संकलन केन्द्रले आज बिहान जारी गरेको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका २५ जना छन् ।

त्यस्तै बकैया र मनहरी गाउँपालिकाका एक एक जनामा पनि संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । उनका अनुसार ४६ जनाको स्वाब पपरीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । कार्तिक १० र ११ गते ती स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया