२७७ आइसियु र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत
२०७७ कार्तिक ९ गते

फाइल फोटो
काठमाडौं । देशभर २७७ जना आइसियु र ६६ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २६ आइसियु र १० जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश २ मा १० जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ४५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
२०७७ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित









