३,२१५ संक्रमित डिस्चार्ज हुँदा ३,६३७ जनामा संक्रमण पुष्टि
मकालु खबर
२०७७ कार्तिक ६ गते
काठमाडौं । आज (बिहीबार) ३ हजार २१५ काेराेना संक्रमित डिस्चार्ज हुँदा थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे पुष्टि गरेका हुन् ।
यस्तै पछिल्लाे २४ घण्टामा १५ हजार २५५ जनाकाे पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टिनमा ३ हजार ७५१ जना छन् भने ४४ हजार ८७७ सक्रिय संक्रमितकाे उपचार चलिरहेकाे गाैतमले जानकारी दिए ।
आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेकाे छ । संक्रमितमध्ये एक लाख २ हजार ८० जना डिस्चार्ज भइसकेका छन् ।
मकालु खबर
२०७७ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित