दशैँमा पनि कोभिड अस्पताल खुला रहने
२०७७ कार्तिक ५ गते

फाइल तस्विर
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन् ।
बुधबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गाैतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने बताए ।
बुधबार देशभर ५ हजार ७४३ संक्रमित थपिएका छन् भने २ हजार ९९६ निको भएर घर फर्किएका छन् ।
२०७७ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित









