३० कर्मचारीमा कोरोना देखिएपछि विराटनगरको विद्युत प्राधिकरण बन्द
मकालु खबर
२०७७ असोज ३० गते
विराटनगर । नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्र अनिश्चितकालका लागि बन्द गरिएको छ ।
३० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र आज (शुक्रबार) देखि अनिश्चितका लागि बन्द गरिएको हो । कर्मचारीहरूकाे बिहीबार र बुधबार रिपाेर्ट आएको हो ।
अहिले महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरण बन्द गरिएको छ ।
प्राधिकरणको विराटनगर वितरण केन्द्रमा स्थायी र करार गरेर १८० कर्मचारी छन् ।
मकालु खबर
२०७७ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित