नेपाललाई चौथो सफलता, अभिनासले लिए विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका अभिनास बोहराले चौथो सफलता दिलाए । बोहराले ३३ रन बनाएर खेलीरहेका रोस्ट चेसलाई आउट गरेका हुन् ।

यसअघि सागर ढकालले पहिलो, दोस्रो तेस्रो सफलता दिलाएका थिए । उनले आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन् ।

जोनसन चार्ल्सलाई २४ रन र मार्क डेयाललाई ११ रनमा आउट गरे ।

यसअघि दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का कडिम अलेइनलाई ५ रनमा आउट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *