कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द गरिने
२०७७ असोज २८ गते

काठमाडौं । सरकारले आगामी कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द गर्ने चेतावनी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण नभएमा प्रचलित कानून बमाेजिम कारवाही हुने चेतावनी दिएकाे हाे ।
‘०७७ कात्तिक ७ गतेभित्र क्लिन फिड प्रशारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षकाे तयारी अवधि समेतकाे व्यवस्था भएकाले ऐनकाे मर्म र भावनाअनुरूप ताेकिएकाे मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्न/गराउन सम्बन्धित सबै संघसंस्थाहरूलाई अनुराेध गरिएकाे छ ।’

२०७७ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित









