वीपीमा बेलबारी र इटहरीका दुई काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका बेलबारी–१० का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुषमा असोज २१ गते कोरोना पुष्टि भएको हो ।

उनीमा दीर्घ रोग कुनै पाइएको छैन । असोज १९ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार राति ६:४५ मा मृत्यु भएको हो ।

यस्तै इटहरी–६, सुनसरीकी ६० वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीमा असोज २४ गते कोरोना पुष्टि भएको थियो । आज (बुधबार) ४ बजे बिहान उनको मृत्यु भएको हो । उनी मधुमेहकी रोगी थिइन् ।

प्रतिक्रिया