नवलपरासी पूर्वका काेराेना संक्रमितको चितवनमा मृत्यु

काठमाडौं । चितवनमा एक जना पुरुषको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ ।

नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका वडा नं. १५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतक ती पुरूषमा असाेज २० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । श्वासप्रश्वासमा समस्या भएर उनी १८ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । आईसीयूमा उपचारका क्रममा उनकाे मंगलबार राति १०:२० मा मृत्यु भएकाे हाे ।

प्रतिक्रिया