कुर्मराजले पाए सचेतकको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माधवकुमार नेपाल समूहसँगकाे सहमतिकाे पालना गर्दै मंगलबार  कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । आइतबार गुलाबजंग शाह लगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका हुन् ।

माधव नेपाल समूहले तीन मन्त्रीकाे नाम पनि सिफारिस गरिसकेकाे छ । मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाकाे नाम सिफारिस गरेकाे हाे । आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ ।

प्रतिक्रिया