१, ४७३ कोरोना संक्रमित डिस्चार्ज हुँदा ४,०४७ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ४७३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा देशभर चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन् । ३३ हजार ८८० सक्रिय संक्रमितको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएको छ । थप ९ संक्रमितकाे मृत्यु भएकाे छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडाैंका एक हजार ८८८, भक्तपुरका ११८ र ललितपुरका २७७ रहेका छन् ।

थप अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या एक लाख ११ हजार ८०२ पुगेकाे छ । संक्रमितमध्ये ७७ हजार २७७ जना उपचारपछि निकाे भइसकेका छन् । यस्तै मृतक संख्या ६४५ पुगेकाे छ ।

प्रतिक्रिया