कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने कालोबजारीको अनुगमन गर्न उपसमिति गठन गरिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महँगीका सम्बन्धमा अनुगमन गर्न उपसमिति गठन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले यसवर्षको छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) सुजाता परियार सदस्य छन् । उपसमितिको एक सदस्य भने पछि चयन गरिने जनाइएको छ ।

प्रतिक्रिया