हुलाक दिवसः चिठी पत्र कम, टिकट बिक्री बढी

चितवन । इमेल ईन्टरनेटका कारण हुलाक प्रति सर्बसाधारणको चासो करिब करिब हटिसकेको छ । ईन्टरनेटको माध्यमबाट बिश्वका जुन सुकै ठाउँमा रहेका आफन्तहरु, साथिभाइसँग कुरा गर्न सहज भएको छ ।

हुलाक कुनै बेला सन्चो बिसन्चो पठाउन माध्यम थियो । तर, अहिले त्यो अवस्था छैन । अहिले बैंक बित्तिय संस्था, नगरपालिका र प्रहरी कार्यालयको केही कामका लागि मात्र प्रयोगमा आइरहेको छ ।

सर्बसाधारण लागि टिकट खरिदका लागि मात्र हुलाक पुग्ने गर्छन् । सर्बसाधारणका चिठी पत्र अहिले कार्यालयमा आउन छाडेको रत्ननगर इलाका हुलाक कार्यालयका प्रमुख बिमल बास्तोला बताउँछन् ।

तीन बर्ष अघिसम्म भने खबर आदानप्रदानका लागि चिठी आउने गरेको थियो । उनका अनुसार अहिले बैंक, नगरपालिका र प्रहरी कार्यालयको कागजपत्र मात्र आउने जाने गरेको छ । यो कार्यालयमा सरदर दैनिक १२ वटा पत्र दर्ता हुने गरेको र सरदर १५ वटा पत्र आउने गरेको छ ।

यो कार्यालयको सौराहा र पिठुवामा अतिरिक्त हुलाक रहेका छन । जुन १ बजे सम्म खुल्छ । चिठी कम आउने बताउँदै कार्यालय प्रमुख बास्तोलाले टिकट भने दैनिक ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ सम्मको बिक्रि हुने गरेको बताए ।

कोरोना, स्वास्थ्य बिमाका कारण हुलाक टिकटको बिक्रि बढेको उनले सुनाए । ‘कुनै दिन चिठि पत्र आउँदैन’ बास्तोलाले भने, ‘हुलाक टिकट भने दैनिक ३ हजारको हाराहारीमा बिक्रि हुन्छ ।’

कार्यालयमा १, २, ५, ८, १०, २९ र २५ रुपैयाँको टिकट पाइन्छ । तर, १० र २० रुपैयाँको टिकट बढी बिक्रि हुने गर्दछ । अहिले प्रत्येक स्थानीय तहमा इलाका हुलाक कार्यालय छ । बढ्दो इमेल ईन्टरनेटको पहुँच, हुलाकको काम ढिलो हुने र कुरिएर भन्दा पनि ढिलो सेवा प्रवाह हुँने हुँदा सर्बसाधारणको रुचि कम भएको ईलाका हुलाक कार्यालयका प्रमुख बास्तोलाको भनाई छ ।

सोही कार्यालयमा कम्प्युटरको आधारभुत तालिम, टेलिफोनको सुबिधा, फ्याक्सको सुबिधा, फोटोकपीको सुबिधा रहेपनि अहिले त्यसका लागि प्रयोग हुने सामान थन्किएर बसेका छन् ।

प्रतिक्रिया