कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक वडा सदस्यको मृत्यु छ ।

कोरोना संक्रमणबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका ४७ वर्षीय उनकाे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हाे ।

उनीमा असाेज १३ गते संक्रमण पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया