गगन थापा भन्छन्- पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गरौँ
२०७७ असोज २१ गते

फाेटाे फाइल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुपर्ने बताएका छन् ।
आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक पाेष्ट लेख्दै उनले यस्ताे बताएका हुन् । नयाँ गुरूयाेजनामा निर्माण प्रक्रिया र सामग्री नै नमिल्ने उनकाे भनाइ छ । उनले पुरानो गुरुयोजनाको समिक्षा गर्न पनि आग्रह गरेका छन् ।
सांसद थापाले लेखेका छन्- ‘पशुपति क्षेत्र विकास काेषको “नयाँ गुरुयोजना” ! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै ।
यो गुरुयोजना नै हैन ! अत: यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’

२०७७ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित









