तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
२०७७ असोज १९ गते

प्रतिकात्मक तस्वीर।
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुषको सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
तेह्रथुमको म्याङलुङ – १ का ती पुरुषको आइतबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई प्रतिष्ठानको मेडिसिन वार्डबाट सोमबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ती पुरुष मिर्गौलाका दीर्घ रोगी पनि रहेको सह प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
संक्रमित मृतकको शव नियमानुसार व्यवस्थापन भइरहेको डा.श्रेष्ठले जानकारी दिए छ ।
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









