काठमाडाैं उपत्यकामा १,५३१ सहित देशभर थपिए २ हजार ४४० संक्रमित
२०७७ असोज १९ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा एक हजार ५३१ सहित २ हजार ४४० जना संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार १७८, भक्तपुरका १०३ र ललितपुरका २५० रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक १३३ डिस्चार्ज भएका छन् । क्वारेन्टिनमा ४ हजार ३३ रहेका छन् ।
२४४ संक्रमितको आइसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. जागेश्वर गौत्मले जानकारी दिए ।
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









